रवि लामिछानेलाई आज अदालत उपस्थित गराइने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालत उपस्थित गराइने भएको छ कास्की प्रहरीको हिरासतमा रहेका उनलाई पुनः म्याद थपको लागि अदालत उपस्थित गराइने भएको हो ।
उनी सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पक्राउ थिए ।
लामिछानेबारे अनुसन्धान सकेर कास्की प्रहरी प्रतिवेदनको तयारीमा जुटेको छ । प्रहरीले एक–दुई दिनमै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
सभापति लामिछानेविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउने भएको छ ।