मकवानपुरमा करेन्ट लागेर एक जना घाइते
मकवानपुर । मकवानपुरमा करेन्ट लागेर एक जना घाइते भएका छन् । करेन्ट लागेर जिल्लाको बकैया गाउँपालिका वडा नम्वर ६, टिकसले बस्ने अन्दाजी २ड वर्षीय मनोज भोलन घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बुधबार आफ्नै घर नजिकै रहेको ट्रान्समिटरको फ्यूज जोड्छु भनी बिजुलीको पोलमा चढी फ्युज जोडने क्रममा करेन्ट लागेर उनी घाइते भएका छन् ।
घाइते उनलाई आफन्तले उपचारको लागि सिटि अस्पताल निजगढ बारातर्फ लगिएको थियो । उनको त्यहाँ उपचार सम्भवन नभएपछि वीरगंज बयोधा अस्पतालमा लगिएको छ । उनको अवस्थामा गम्भीर रहेको प्रहरीले जनाएको छ ।