शेयर बजारमा गिरावट

तु खबर संवाददाता
२०८१ मंसिर २७,बिहीबार १५:४७

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार । यसदिन अघिल्लो दिनको तुलनामा शेयर कारोबारमा गिरावट आएको छ ।

अघिल्लो दिन ४५ अंक बढेको सेयर बजार बिहीबार नै ३३ दशमलव ४२ अंक घटेको छ । बुधबार २७१५ मा रहेको बजार आजको गिरावटसँगै २६८२ अंकमा कायम भएको छ ।

बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन अघिल्लो दिन ५ अर्ब ५ करोडको कारोबार भएकोमा आज ६ अर्ब १४ करोडको कारोबार भएको छ । ४० कम्पनीको मूल्य बढ्दा २०४ को घटेको जनाइएको छ ।