माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को कार्यव्यस्तताको कारण बिहीबार स्थगित भएको बैठक आज बस्न लागेको हो ।
बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गरी बोलाएको मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।
केन्द्रीय समिति बैठकमा पेस हुने एजेन्डा, पछिल्लो राजनीतिक अवस्था लगायत विषयमा छलफल गर्न स्थायी समिति बैठक बोलाएको जनाइएको छ ।