आईपीओ जारी गर्दै रघुगंगा हाइड्रोपावर

तु खबर संवाददाता
२०८१ मंसिर २८,शुक्रबार ११:३०
file-photo

काठमाडौं । रघुगंगा हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आगामी पुस २२ गते रत्नपार्कस्थित ने.वि.प्रा. को सभाहलमा आठौं वार्षिक साधारणसभा बोलाएको छ।

उक्त सभामा सर्वसाधारणलाई साधारण शेयर (आईपीओ) जारी गर्न स्वीकृति दिने प्रस्ताव पेश गरिने जनाइएको छ । यसका साथै गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गरिनेछ ।