माओवादीको केन्द्रीय समिति बैठक सर्यो
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सरेको छ । शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक सार्ने निर्णय गरेको हो ।
बैठक आगामी पुस २१ गतेको लागि सरेको हो । खबरदारी सभा र पालिका सम्मेलन एकसाथ गर्ने भनिएकोमा मंसिर मसान्तसम्म हुन नसकेकाले त्यसको तयारीका लागि बैठक सारिएको प्रवक्ता अग्नि सापकोटाले बताए ।
यसअघि कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले पुस २ देखि ७ गतेसम्म केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको थियो ।
केन्द्रीय कमिटी बैठकको तयारीका लागि माओवादी केन्द्रले पुस १८, १९ र २० गते स्थायी कमिटीको बैठक बोलाइएको छ ।