पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान सकियो
काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि शुक्रबार भएको मतदान सकिएको छ ।
महासंघको केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि मतदान सकिएको हो ।
मतदान सम्पन्न भएसँगै प्रक्रिया अनुसार मतगणना सुरु गर्ने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन समितिले शुक्रबार बिहान बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदानको समय तोकेको थियो ।
मतगणना आजै रातिदेखि सुरु गर्ने र यथासक्य छिटो अन्तिम मत परिणाम सार्वजनिक गर्ने जनाइएको छ ।