सिएफ मोटो तथा जिहो टु ह्विलर्सको पाँचौँ शोरुम हेटौंडामा

तु खबर संवाददाता
२०८१ मंसिर २९,शनिबार १६:५४

मकवानपुर । सिएफ मोटो तथा जिहो टु ह्विलर्सका लागि नेपालको एक मात्रै आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले बागमती प्रदेशको राजधानी हेटौंडामा डिलर बिस्तार गरेको छ ।

कम्पनीले हेटौंडामा पाँचौं डिलर विस्तार गरेको हो । डिलरको शनिबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।

यति मोटर्स हेटौंडा अब सिएफ मोटो तथा जिहोका लागि आधिकारिक डिलर नियुक्त भएको हो ।

बिक्री तथा बिक्री पछिको सेवालाई प्राथमिकतामा राख्दै शोरुम उद्घाटन गरिएको कम्पनीले जनाएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै मोटर्सका सञ्चालक इश्वर श्रेष्ठले सिएफ मोटो र जिहो दुवै ब्राण्ड हेटौंडा तथा आसपासको क्षेत्रमा लोकप्रिय हुने विश्वास व्यक्त गरे ।

राम्रो ब्राण्ड भएकाले आफूले डिलर लिएको बताउँदै उनले ग्राहकलाई स्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘बिक्री पछिको सेवालाई प्रमुख प्राथमिकतामा राख्दै सेवा प्रदान गर्नेछौं,’ उनले भने ।

शोरुममा सिएफ मोटोको एनके २५० तथा जिहो ब्राण्डको एई ६ प्लस, एई ६ प्लस एलआर, एई ४ तथा एई ४ एलआर बिक्री तथा प्रदर्शनीमा राखिएको छ । शोरुममा आएर ग्राहकले यी ब्राण्डको बाइक तथा स्कुटर टेष्ट्र ड्राइभ गर्न सक्ने सञ्चालक श्रेष्ठले जानकारी दिए ।

शोरुम उद्घाटनको अवसरमा सिएम मोटो र जिहोका बाइक तथा स्कुटरको र्यालीसमेत आयोजना गरिएको थियो । शोरुम उद्घाटनको अवसरमा बाइक तथा स्कुटर खरिदमा विशेष छुट उपलब्ध गराइएको थियो ।

सिएफ मोटोको २५० सिसी क्षमताको एनके २५० युवा पुस्ता माझ लोकप्रिय छ । यसको अधिकतम इन्जिन क्षमता २०.५ किलोवाट छ । टर्क २२ एनएम, डुवल च्यानल एबिएस, १२.५ लिटरको फ्युल ट्यांक क्षमता, इलेक्ट्रिक फ्युल इन्जेक्सन तथा एलइडी डिस्प्ले लगायतका विशेषता यो बाइकमा उपलब्ध रहेको जनाइएको छ ।

त्यस्तै जिहोको हालै बजारमा आएको एई ४ मोडलको ३ किलोवाट हव मोटर, २ किलोवाट आवरको लिथियम ब्याट्री, इलेक्ट्रिक ट्रान्जिक्सन कन्ट्रोल, एनएफसी कार्ड तथा जिहो एप्सबाट सञ्चालन गर्न सकिने र ३१ लिटर बराबरको बुथ स्पेस लगायतका विशेषता पाउन सकिन्छ ।

हेटौंडास्थित स्थानीय व्यवसायी, बैंकर्श, रिकण्डिशन व्यवसायी तथा सञ्चारकर्मीहरुको उपस्थितिमा कार्यक्रम भएको थियो ।