एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा धारणा राख्ने क्रम जारी

तु खबर संवाददाता
२०८१ मंसिर २९,शनिबार १७:२२

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकमा धारणा राख्ने क्रममा जारी छ । बैठकमा केन्द्रीय सदस्यहरूको कार्य विभाजन र आगामी कार्ययोजनाका बारेमा छलफल भइरहेको हो ।

पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकमा आगामी कार्ययोजनाका साथै कार्यविभाजनका विषयमा छलफल भइरहेको हो ।

स्थायी कमिटीका सदस्यहरूले पार्टीको आगामी कार्ययोजना निर्माण गर्ने विषयमा आफ्ना धारणाहरू प्रस्तुत गरेका थिए ।

शनिबार बैठकमा जगन्नाथ खतिवडा, जयन्ती राई, गङ्गालाल तुलाधर, चन्द्र बहादुर शाही, कल्याणी खडका लगायतले धारणा राखेका छन् ।
उनीहरूले पार्टीका नीतिको प्रचार गर्ने, पार्टीको सुदृढीकरण गर्ने, आगामी निर्वाचनहरूमा सानदार विजय प्राप्त गर्ने र राजनीतिक तथा भूराजनीतिक चुनौतीहरूको सामना गर्ने लगायतका विषयमा आफ्ना धारणा राखेक थिए ।

अब अध्यक्ष, वरिष्ठ नेताहरू र महासचिवले धारणा राख्न बाँकी रहेको जनाइएको छ ।

स्थायी कमिटीको बैठक आइतबार पनि बस्ने एकीकृत समाजवादीले जनाएको छ ।