बागमती प्रदेश प्रमुख देवकोटले दिए उधौली पर्वको शुभकामना

तु खबर संवाददाता
२०८१ मंसिर ३०,आईतवार ०८:५६

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले उधौली पूर्णिमा, धान्य पूर्णिमा, यःमरि पुन्ही तथा ज्यापू दिवसको उपलक्ष्यमा शुभकामना दिएका छन् । प्रदेश प्रमुख देवकोटाले आज एक सन्देश जारी गर्दै शुभकामना व्यक्त ।

प्रकृतिका पुजारी किराँत समुदायले पितृ तथा अन्नदाता धर्तीमाताको पूजा गरि नाचगान, आफन्त भेटघाट गरि हर्सोल्लासपूर्वक यो पर्व मनाउँछन् । मानिस पशुपञ्छी लेकबाट तल अर्थात उधो झर्ने हुनाले पनि उधौली पर्व भनिएको पाइन्छ । नयाँ धानबाली भित्र्याएपछि खुशीयालीमा धानलाई लक्ष्मीको रूपमा मानेर धान्यपूर्णिमा पर्व मनाउँछन् ।

उपत्यका लगायत अन्य भागमा छरिएर रहेका नेवार समुदायले बिशेष प्रकारको परिकार (यःमरि) खाएर रमाइलोसाथ यःमरि पुन्ही मनाउने गर्दछन् । यसका साथै कला र सस्कृतिका धनी नेवारभित्रका ज्यापू समुदायमा आफ्नो सस्कृतिको रक्षार्थ ज्यापू दिवस मनाउने गरिन्छ ।

चाडपर्व र परम्पराहरू अमुल्य निधि भएकोले यिनको संरक्षण गर्नुपर्ने प्रदेश प्रमुख देवकोटाको विज्ञप्तिमा उल्लेख छ ।

हाम्रो सामाजिक सद्भाव, मेलमिलाप तथा गौरवपूर्ण मौलिक संस्कार र परम्परा सुखी जीवनका आधार रहेको उनको भनाई छ ।