हेटौंडा जेसीसद्वारा आयोजित पब्लिक स्पिकिङको समापन
मकवानपुर । हेटौंडा जेसीसको आयोजनामा भएको पब्लिक स्पिकिङको समापन गरिएको छ । सन् २०२० बाट जेसीजले सुरु गरेको यो कार्यक्रमको पाँचौ संस्करण शनिबार हेटौंडामा समापन गरिएको हो ।
कार्यक्रम बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा समापन गरिएको हो । सो क्रममा प्रदेश प्रमुख शर्माले युवा लक्षित उत्कृष्ट कार्यक्रम पहिचान गरि अगाडि बढ्न हेटौंडा जेसीजलाई शुभकामना दिए ।
उनले युवालाई उद्धमशीलतामार्फत् स्वरोजगार र रोजगारी सृजनाको बाटोमा युवा डोर्याउने जेसीजको आर्थिक क्रियाशीलताको योगदान उत्कृष्ट रहेको बताए । मान्छे क्षमता नभएर होइन क्षमता नचिनेर पछि पर्ने गरेको भन्दै उनले युवालाई उच्च मनोबलका साथ प्रगति पथमा लम्किनको लागि आग्रह गरे ।
देशभरबाट सहभागी ५८ मध्येबाट उत्कृष्ट १० जनाबाट पुरस्कृत छनौटको लागि सो कार्यक्रम गरिएको जेसीज हेटौंडाका अध्यक्ष बिकेशलाल श्रेष्ठले बताए ।
उक्त प्रतियोगिताबाट सुस्मा आचार्य (पोखरा), रमेश भुर्तेल (कावसोती) र बन्दना विश्वकर्मा (कावसोती) क्रमशः प्रथम, द्धितिय तृतीय भए । उनीहरुलाई २५, १५ र १० हजार रुपैयाँ नगद प्रदान गरिएको थियो ।