१३ वर्षपछि पक्राउ परे नेपाल बैंकका तत्कालीन उपप्रबन्धक
काठमाडौं । नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठ १३ वर्षपछि पक्राउ परेका छन् ।
भ्रष्टाचार मुद्दामा दोषी ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको हो ।
श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।
मुद्दा दायर भएपछि १३ वर्षदेखि फरार रहेका उनले तत्कालीन समयमा कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरी रु. ३९ करोड ८९ लाख हानी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निष्कर्ष रहेको छ ।
पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि सोमबार अदालतमा पेस गरिने जनाइएको छ ।