पेट्रोलको भाउ २ रुपैयाँ बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ । निगमका अनुसार पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ बढेको हो ।
यस्तै, डिजेल र मट्टितेलको भाउ भने प्रतिलिटर २ रुपैयाँले घटेको छ । आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
भारतबाट पेट्रोलियम पदार्थ आयात गर्ने निगमले त्यहाँबाट नयाँ मूल्यसूची आएसँगै मूल्य समायोजन गरेको निगमले जनाएको छ ।