नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित

तु खबर संवाददाता
२०८१ पुष १,सोमबार ०९:३८

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा निर्मला शर्मा निर्वाचित भएका छन् । आइतबार राति महासंघ केन्द्रीय निर्वाचन समितिले शर्मा अध्यक्ष पदमा निर्वाचित भएको घोषणा गरेको हो ।

प्रेस चौतारी नेपाल र प्रेस युनियन गठबन्धनबाट अध्यक्षको उम्मेदवार रहेकी शर्मा ४ हजार २ सय ८२ मतसहित अध्यक्ष पदमा निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले ३ हजार २ सय ३ मत प्राप्त गरे ।

त्यस्तै, अर्का अध्यक्षका उम्मेदवारद्वय देवीप्रसाद सापकोटा र लालसिंह लामाले क्रमसः २ सय ७० र ९६ मत पाएका छन् ।