सोमबार उच्च अंकले घट्यो नेप्से
काठमाडौं । सोमबार पनि सेयर बजार परिसूचक (नेप्से) मा गिरावट आएको छ । ५१ दशमलव ३७ अंकले बजार घट्दा परिसूचक २ हजार ६३१ बिन्दुमा झरेको हो ।
आज २२७ कम्पनीको सेयर मूल्य घटेको छ भने १५ कम्पनीको सेयर मूल्य बढेको छ ।
यसदिन कुल १ करोड २७ लाख ४५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ भने ५ अर्ब ९३ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।