यू–१९ महिला एसिया कपअन्तर्गत आज नेपाल र भारत खेल्दै

काठमाडौं । एसीसी यू–१९ महिला एसिया कप क्रिकेटअन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ ।
सोमबार पाकिस्तानलाई ६ विकेटले पराजित गरेको नेपालले आफ्नो दोस्रो खेलआज भारतसँग खेल्न लागेको हो ।
समूह बी मा रहेका नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार विहान ११ः४५ बजेदेखि सुरु हुनेछ । प्रतियोेगिता क्वालालम्पुरस्थित बायुमास ओभलमा हुनेछ ।