रवि लामिछानेविरुद्ध अनुसन्धान गर्न ४ दिन म्याद थप

तु खबर संवाददाता
२०८१ पुष २,मंगलवार १६:५०
file-photo

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान गर्न ४ दिन म्याद थप गरिएको छ ।

जिल्ला अदालत कास्कीले बिहीबार लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

यही पुस ५ मा सरकारी वकिल कार्यालयले उनीविरुद्ध अदालतमा अभियोजन गर्दैछ । अभियोजन गर्नुअघि गैरकानुनी थुनामा राख्न नमिल्ने हुनाले उनलाई हिरासतमा राख्न अदालतको अनुमति लिइएको हो ।

पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते शुक्रबार प्रहरीले काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो ।