दुई दिन बन्द भएको मनकामना केबुलकार आजबाट पुनः सुचारु
सुलीकोट । नेपालको पहिलो केबलकार मनकामना केबलकार आजबाट सुचारु भएको छ ।
टावर मर्मत सम्भारका लागि दुई दिनसम्म बन्द भएको केबुलकार आजबाट पुनः सञ्चालनमा ल्याएको मनकामना दर्शन प्रालिका प्रबन्धक उज्ज्वल सेरचानले जानकारी दिए ।
उनका अनुसार, मनकामना केबलकारको टावर मर्मत र स्तरोन्नति कार्य गर्नु परेकाले पुस १ गतेदेखि पुस २ गतेसम्म मनकामना केबलकार बन्द गर्नु परेको थियो ।
२०५५ सालदेखि गोरखाको मनकामनामा मन्दिरमा १० मिनेटको बाटोबाट दर्शनर्थीलाई सहजता होस् भन्ने उद्देश्यले मनकामना केबुलकार सञ्चालनमा ल्याइएको हो ।