लोसपाको केन्द्रीय समिति विस्तार

तु खबर संवाददाता
२०८१ पुष ३,बुधबार १६:०७
file-photo

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय समिति विस्तार गरिएको छ । पार्टीका अध्यक्ष महन्थ ठाकुरले विभिन्न जिल्लाका आठ जनालाई मनोनीत गरेर केन्द्रीय समिति विस्तार गरेका हुन् ।

यससँगै लोसपाको केन्द्रीय समिति ३५५ सदस्यीय भएको सो पार्टीका महासचिव मनिष मिश्रले जानकारी दिए ।

मनोनीत हुनेहरूमा क्रमशः सप्तरीका श्याम सरदार, सिरहाका जीवछप्रसाद यादव, धनुषाका सुनिलकुमार यादव, सर्लाहीका जगत महरा, रौतहटका रामप्रवेश दास तत्मा, बाराकी मञ्जु कार्की, कन्चनपुरका भोगादेवी राणा थारु र कास्कीका रवीन्द्र सुनार रहेका छन् ।

लोसपा नेपालको आगामी वैशाखमा हुने भनिएको पार्टीका पहिलो महाधिवेशनका लागि नेता तथा कार्यकर्तामा त्यसमा जुटेका छन् । सङ्गठन विस्तारका साथै सदस्यता वितरणको अभियानलाई तीव्रता दिइएको छ ।