राष्ट्रपतिद्वारा दुई देशका लागि नेपाली राजदूत नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न दुई देशका लागि नेपाली राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार भारत र मलेसियाका लागि नेपाली राजदूत नियुक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले भारतका लागि डा. शङ्करप्रसाद शर्मा र मलेसियाका लागि डा. नेत्रप्रसाद तिम्सिनालाई आवासीय राजदूूत पदमा नियुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजित मन्त्रिपरिषद्को सिफारिसमा शर्मा र तिम्सिनालाई राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।