हेटौंडा-८ मा दोस्रो कमाने महोत्सव २०८१ हुने

तु खबर संवाददाता
२०८१ पुष ३,बुधबार १६:५९

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८, कमानेमा यही पुष ११ गतेदेखि १३ गतेसम्म दोस्रो कमाने महोत्सव–२०८१ हुने भएको छ ।

हेटौंडा–८ को चालु कार्यक्रम अन्तर्गत “स्थानीय पर्यटन, स्थानीय सांस्कतिक प्रबर्द्धन, स्थानीय व्यापार प्रदर्शनी” भन्ने मूल नाराका साथ उक्त महोत्सव हुन लागेको हो ।

आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएको हो । सम्मेलनमा हेटौंडा–८, का वडाध्यक्ष राम थापाले वडा भित्र रहेका स्थानीय कला सँस्कृति पहिचान र व्यापार, व्यवसाय प्रर्दशनी गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको बताए ।

उनले भने, ‘साना उद्योग तथा महिला उद्यमीरुको उत्पादनलाई बजारीकरण एवम् प्रदर्शनी मार्फत वडामा रहेका १९ वटै टोल विकास संस्थाको उत्पादनले बजारमा आफनो पहिचान गराउन सकोस भन्ने हाम्रो मुख्य उद्देश्य हो ।’

साथै कार्यक्रमलाई थप आकर्षक बनाउन वडा भित्र रहेका २१ वटा बाल समूहहरुको विभिन्न साँस्कृतिक कार्यक्रमहरु हुने पनि उनले बताए ।
वडामा हुने यस महोत्सवले वडाका उत्पादनलाई बजारीकरण गर्न, विभिन्न समुहहरुका सीपलाई उजागर गर्नुका साथै गर्नुका साथै वडाका होटल व्यवसायीलाई आर्थिक टेवा पुग्नेसमेत विश्वास लिइएको उनले बताए ।

उक्त महोत्सव सम्पन्न गर्न कुल ८ लाख रुपैँया लागत लाग्ने अनुमान गरिएको छ ।