मनाङमा भूकम्पको धक्का महसुस
काठमाडौं । मनाङमा भूकम्पको धक्काको महसुस भएको छ । आज बिहान मनाङको नेस्याङ केन्द्रविन्दु बनाएर भूकम्पको धकका महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
उक्त केन्द्रका अनुसार, बिहान ७ः३७ बजेको समयमा ४ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि हिजो मात्र बझाङको धामेना आसपास केन्द्र बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो ।