३१.४३ अंकले घट्यो शेयर बजार

तु खबर संवाददाता
२०८१ पुष ४,बिहीबार १५:३६

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार । यसदिन शेयर बजार परिसूचक (नेप्से) ३१ दशमलव ४३ अंकले घटेको छ ।

२६२६ बिन्दुबाट सुरु भएको बजार लगातार ओरालो लाग्दै २५९६ बिन्दुमा झरेको जनाइएको छ ।

समग्रमा बजार घटे पनि बिहीबार २९ कम्पनीको शेयर मूल्य बढेको छ । यसदिन २११ कम्पनीको मूल्य घटेको छ ।

बिहीबार समग्र बजारमा ४ अर्ब ७६ करोड २ लाखको कारोबार भएको छ ।