हेटौंडाबाट ५ जना बालश्रमिकको उद्दार
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले ५ जना बालश्रमिकको उद्दार गरेको छ । हेटौंडाको विभिन्न ठाउँमा अनुगमन गरी बालश्रममा रहेका ५ जना बालकहरुलाई उद्दार गरिएको हो ।
उनीहरुको नगर बाल अधिकार समितिअन्तर्गत्को बालश्रमिक उद्धार तथा पुनर्स्थापना उपसमितिद्वारा उद्दार गरिएको हो ।
होटल, खाजा घर, वर्कशपलगायत विभिन्न ११ ठाउँमा अनुगमन गरिएकोमा आर एण्ड आर ट्रेडर्स, न्यु आशिका मेकानिकल वर्कसप, विश्वकर्मा वर्कसप र न्यु विश्वकर्मा मोटर वर्कसपमा बालश्रमिक भेटिएपछी उनीहरुको उद्दार गरिएको हो ।
वीरगंजका १३ वर्षीय, भारत घर भएका १५ वर्षीय, पर्सा घर भएका १५ वर्षीय, १४ वर्षीय र बिहार घर भएका १५ वर्षीय बालकको उद्दार गरिएको हो । उद्धार गरिएका ती बालकहरुलाई सिबिन बाल हेल्पलाईनमा राखी श्रम तथा रोजगार कार्यालयमार्फत् जरिवाना गराएर पारिवारिक पुनर्स्थापना गराइने बताइएको छ ।