बागमतीका मुख्यमन्त्री लामाद्वारा ‘भेन्टिलेटर’ हस्तान्तरण
काठमाडौं । चन्द्रागिरि नगर अस्पताल थानकोटलाई ‘भेन्टिलेटर’ हस्तान्तरण गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले बिहीबार आयोजित एक कार्यक्रमबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको सो भेन्टिलेटर अस्पताललाई हस्तान्तर गरेका हुन् ।
जीवन रक्षार्थ उपयोग हुने अतिसंवेदशील सो उपकरण मुख्यमन्त्री लामाले चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई हस्तान्तरण गरेको चन्द्रागिरि– ४ का वडाध्यक्ष एवम् नगर प्रवक्ता कृष्णप्रसाद खड्गीले जानकारी दिए ।
वि.सं. २०७६ वैशाख २८ गतेदेखि चन्द्रागिरि–४ थानकोटामा सञ्चालित १५ शय्याको सो अस्पतालले प्रयोगशाला, २४ सै घण्टा आकस्मिक सेवासहित बर्थिङ सेवा प्रदान गरिरहेको छ ।
साथै अस्पतालले पछिल्लो समय मुटु रोग जाँच, परिवार नियोजन सेवा, ज्येष्ठ नागरिक, विपन्न तथा अपाङ्गता भएकालाई निःशुल्क सेवा एवम् मिर्गौलाका बिरामीका लागि डायलाइसिस सेवा पनि संचालनको तयारी गरेको प्रवक्ता खड्गीले बताए ।