हेटौंडामा सडक खाना महोत्सव हुँदै

तु खबर संवाददाता
२०८१ पुष ४,बिहीबार १७:२१

मकवानपुर । मकवानपुरको हेटौंडामा सडक खाना महोत्सव हुँदैछ । “सडकमा जाऔं,सडकमा खाऔं, सडकमै रमाऔं” भन्ने मूल नाराका साथ मकवानपुर होटल एशोसिएसन अफ मकवानपुरले चार दिने सडक खाना महोत्सवको आयोजना गर्न लागेको हो ।

सो बारे आयोजकले बिहीबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो । महोत्सव हेटौंडा–४ स्थित हुप्रचौरको पूर्व तर्फको सडकमा यही पुष १३ गतेदेखि १६ गतेसम्म हुने एशोसियएसन मकवानपुरका अध्यक्ष दिलिस गोविन्द जोशीले जानकारी दिए ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना गर्न लागिएको महोत्सवमा खानाका पारखीहरुलाई पौराणिक देखि आधुनिक परिकारको स्वाद चखाउने र स्थानीय कलाकारहरुको साँस्कृतिक नृत्य, गायनद्वारा भरपुर मनोरञ्जन दिने मुख्य उद्देश्य रहेको अध्यक्ष जोशीले बताए । उनका अनुसार, महोत्सवमा करिब ४० वटा स्टलहरु राखिनेछ ।

महोत्सव सम्पन्न गर्न करिब १४ लाख ५० हजार रुपैँया खर्च हुने आयोजकले जनाएको छ ।