हेटौंडा उपमहानगरको १६ औं नगरसभा सम्पन्न

तु खबर संवाददाता
२०८१ पुष ६,शनिबार १०:२१

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको १६ औं नगर सभा सम्पन्न भएको छ । नगरसभा शुक्रबार सम्पन्न भएको हो ।

नगर सभाले बजेटको आकारलाई २० करोड रुपियाँले बढाएको छ । चालु आर्थिक बर्ष २०८१/०८२ को असारमा ल्याएको बजेटलाई संशोधन गर्दै नगरसभाले बजेटको आकार बढाएको हो ।

उपमहानगरको नगर सभाले उपप्रमुख राजेश बानियाँले आर्थिक बर्ष २०८१–०८२ को हाल सम्मको प्रगति समिक्षा एवम् संशोधित कार्यक्रम प्रस्तुत गर्दै संसोधनसहितको २ अर्ब ७२ करोड रुपियाँको बजेट पास गरेको हो ।

चालु आर्थिक बर्षको असारमा भएको नगर सभाले २ अब ५२ रुपियाँको बजेट उपमहानगरले ल्याएको थियो । उपमहानगरले अनिवार्य दायित्व सिर्जना भएका खर्चहरु व्यवस्थापनका लागि गत असारमा पास भएका बजेटमा लागि १९ करोड ९७ लाख १० हजार रुपियाँ थप गरेको हो ।

नगर सभा नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको हो ।