अवैध लागूऔषधसहित एक जना पक्राउ
झापा । झापाको भद्रपुर नगरपालिका–४ झापा चोकबाट अवैध लागूऔषध ब्राउनसुगरसहित बिहीबार एक जना पक्राउ परेका छन् ।
प्रहरीले लागूऔषध ब्राउनसुगर ४ ग्राम ८ सय ६० मिलिग्रामसहित बिर्तामोड नगरपालिका–१ बस्ने २३ वर्षीय मनोज तामाङलाई पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, ज्ञानेचोकबाट चन्द्रगढी चोकतर्फ आउँदै गरेको प्र.१–०१–००१ ह ८०३० नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार तामाङलाई उक्त परिणामको लागूऔषधसहित पक्राउ गरिएको हो ।
साथै प्रहरीले आवश्यक अनुसन्धानको लागि अटो चालक र अटोमा सवार अन्य २ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।