राष्ट्रपतिद्वारा डेनमार्कको लागि राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि आवासीय राजदूत नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले आइतबार सुम्निमा तुलाधरलाई डेनमार्ककको राजदूतमा नियुक्त गरेका हुन् ।
राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तुलाधरलाई डेनमार्ककको राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।