कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्ती मनाइँदै
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्ती आज मनाइँदैछ । नेपाली कांग्रेस, यसका भ्रातृ एवम् शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रमका साथ सन्तनेताको स्मरण गर्दै जन्मजयन्ती मनाउन लागिएको हो ।
विक्रम संवत २०४७ मा अन्तरिम सरकारका प्रधानमन्त्री बनेका भट्टराई २०४८ मा प्रधानमन्त्री निवासबाट एउटा टयाङ्का, सुराही र छाता लिएर कुपण्डोल डेरामा फर्किएका थिए ।
विश्वका कुनै पनि देशका राजनीतिज्ञले प्रधानमन्त्री हुँदा मेरो लक्ष्य मुक्ति (निर्वाण) भनेनन् तर नेता भट्टराईले खुलेर आफ्नो लक्ष्य निर्वाण भनेको स्वामी आनन्द अरुण स्मरण गर्छन् ।
प्रधानमन्त्री भएका बेला काठमाडौंमा ओशो तपोवनको उद्घाटन किसुनजीले नै गरेका थिए । किसुनजीलाई उनी आफ्नो अडानमा टसमस नहुने नेताका रुपमा सम्झन्छन् ।