हेटौंडामा जलवायु परिवर्तन सम्बन्धी संवाद कार्यक्रम हुँदै
हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा जलवायु परिवर्तन सम्बन्धी संवाद कार्यक्रमको आयोजना हुँदैछ । जलवायु क्रियाको स्थानीयकरणः सार्वजनिक सम्पदा संरक्षण र न्यायमा लैगिंक दृष्किोण विषयक प्रदेश स्तरीय संवाद कार्यक्रमको आयोजना हुन लागिएको हो ।
कार्यक्रम मकवानपुर महिला समूह, चितवन सक्रिय महिला फाउन्डेशन र एक्सन एड नेपालको संयुक्त आयोजनामा हुने भएको हो । सो कार्यक्रम मुख्यमन्त्री बहादुर सिं लामाको प्रमुख आतिथ्यतामा हुनेछ ।
कार्यक्रममा जलवायु परिवर्तनमा प्रदेश र स्थानीय तहको भूमिका र सार्वजनिक सम्पदा संरक्षणका उपायहरु विषयमा छुट्टा–छुट्टै संवाद हुने महिला अधिकार परियोजना अधिकृत कविता बस्नेतले जानकारी दिइन् ।
कार्यक्रममा बागमती प्रदेश सरकार, प्रदेशसभा सदस्य, स्थानीय सरकारका प्रमुखहरुबीच छलफल रहने जनाइएको छ ।
आयोजना स्थल परिसरमा विभिन्न जातजातकिो मौलिकता झल्कने उत्पादनका स्टल समेत रहने आयोजकले जनाएको छ ।