सभामुखलाई रास्वपाको ध्यानाकर्षण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् । संसदीय दलका नेता रवि लामिछानेलाई प्रतिनिधि सभा सदस्यबाट निलम्बन नगर्न आग्रह गर्दै सांसदहरुले सभामुखको ध्यानाकर्षण गराएका हुन् ।
रास्वपा सांसद सन्तोष परियार, सोभिता गौतम र गणेश पराजुली लगायतले भेटेर सभापति लामिछानेलाई पदबाट निलम्बन नगर्न सभामुखको ध्यानाकर्षण गराएका हुन् ।
यसअघि रास्वपाका नेताहरूले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कानुन विज्ञहरूसँग परामर्श समेत गरेका थिए ।
सहकारी ठगी प्रकरणसहित विभिन्न तीन अभियोग लगाएर आइतबार सभापति लामिछानेविरुद्ध मुद्दा दायर भएपछि कास्की प्रहरीले यससम्बन्धी जानकारी संसद् सचिवालयलाई गराइसकेको छ ।