मंगलबार १४ अंकले बढ्यो नेप्से, ५ अर्बमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार । यसदिन शेयर बजार परिसूचक (नेप्से) १४ अंकले बढेको छ । आज बजार बढ्दा परिसूचक २६२६ दशमलव ३१ बिन्दुमा उक्लिएको छ ।
यस्तै, आज कारोबार रकममा पनि थोरै सुधार आएको छ । कुल ३१२ कम्पनीको १ करोड २७ लाख ४६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ भने ५ अर्ब २० करोड २२ लाख रुपैयाँको कारोबार भएको छ ।
यसअघि सोमबार ४ अर्ब ३७ करोडको कारोबार भएको थियो । यस्तै, आज, कारोबार भएकामध्ये १६७ कम्पनीको मूल्य बढेको छ भने ७१ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मूल्य स्थिर रह्यो ।