मकवानपुरमा नेपाल राष्ट्रिय मुवाँथाई संघ गठन
मकवानपुर । मकवानपुरमा नेपाल राष्ट्रिय मुवाँथाई संघ गठन गरिएको छ । शुक्रबार हेटौंडामा भएको भेलाबाट प्रविन मैनालीको नेतृत्वमा जिल्ला कार्यसमिति गठन गरिएको हो ।
संघको उपाध्यक्षमा ध्रुवराज ढकाल र विवेक बजगाईं, सचिवमा रन्जिता बिष्ट, सहसचिवमा श्रृजना लामीछाने, कोषाध्यक्षमा बिनोद पौडेल चयन भएका छन् ।
यसैगरी, सदस्यहरुमा क्रमशः चिबहादुर तामाङ, सुरज दुलाल, परमेश्वर पौडेल, राजन श्रेष्ठ, नारायण ढकाल, रुपा बर्तौला कठायत, दिया महत क्षेत्री, किरण गिरी, राहुल थोकर लामा, बादल सिलवाल, रोशन पौडेल र रुपककुमार बर्नवाल रहेका छन् ।
भेला बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा भएको हो ।
भेलामा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामा, नेपाल तरुण दल केन्द्रीय सदस्य सुनिलकुमार दाहाल, अल्पाइन स्पोर्टस् महासंघका अध्यक्ष गोबिन्द भट्टराई, अटो मोबाइल्स संघ बागमती प्रदेश उपाध्यक्ष सीता केसी लगायतको आतिथ्यता रहेको थियो ।