स्थापना दिवसको अवसरमा खाद्यान्न सहयोग
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ स्थित अनाथ अपांग बाल पुर्नस्थापना केन्द्र मकवानपुरलाई खाद्यान्न सहयोग भएको छ । जुत्ता चप्पल व्यवसायी संघ मकवानपुरले आफ्नो ५ औं स्थापना दिवसको अवसरमा बाल पुर्नस्थापना केन्द्रलाई खाद्यान्न साम्रगी सहयोग गरेको हो ।
उक्त खाद्यान सामान वि.पि. विचार समाज मकवानपुरका उपाध्यक्ष प्रदिप कोइरालाको प्रमुख आतिथ्यता एवम् संस्थाका अध्यक्ष रामहरी तिमल्सिनाको अध्यक्षतामा हस्तान्तरण गरिएको हो । संघले समाजप्रतिको सामाजिक उत्तरदायित्वलाई बहन गर्दै सो सहयोग गरेको अध्यक्ष तिमल्सिनाले बताए ।
कार्यक्रममा पुर्नस्थापना केन्द्रका अध्यक्ष रामहरि कोइराला, केन्द्रका आजीवन सदस्य हरि प्रसाद पौडेल, संघका कोषाध्यक्ष राजु लम्साल, सचिव प्रल्हाद खनाल, सदस्यहरु बिनोद कुमार चौलागाई, कृष्णप्रसाद चौलागाई, निशान गौतमलगायतको आतिथ्यता रहेको थियो ।