कालिकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस
काठमाडौं । कालिकोटमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ५ बजेर ९ मिनेट जाँदा ३ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार, उक्त भुकम्प कालिकोटको ओडानकु केन्द्रबिन्दु भएर गएको हो । पछिल्लो समय देशको विभिन्न स्थानमा सानो सानो पराकम्प गइरहेको छ ।
गत पुष ११ गते पनि जाजरकोटमा ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको थियो ।