बागमती प्रदेशको ११ प्रादेशिक अस्पतालमा अध्यक्ष नियुक्त
मकवानपुर । बागमती प्रदेश सरकारले ११ प्रादेशिक अस्पतालमा अध्यक्ष नियुक्त गरेको छ । प्रदेश सरकारले १३ वटा प्रादेशिक अस्पताल रहेकोमा हेटौंडा र सिन्धुली अस्पतालबाह्ेक ११ वटामा अस्पताल व्यवस्थापन समितिको अध्यक्ष नियुक्त गरेको हो ।
प्रदेशको स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले ११ वटा प्रादेशिक अस्पतालमा अस्पताल सञ्चालक तथा व्यवस्थापन समिति अध्यक्ष नियुक्त गरेको मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले जानकारी दिए ।
उनका अनुसार, सिन्धुली अस्पतालमा व्यवस्थापन समितिका अध्यक्ष नियुक्ति प्रक्रियामा रहेको र पछि नियुक्ति गरिने भने हेटौंडा अस्पतालका अध्यक्ष मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रार हुने व्यवस्था रहेको छ ।
प्रदेश सरकारले भक्तपुर अस्पतालको अध्यक्षमा पूर्व प्रदेश सभा सदस्यसमेत रहेका शशिजंग थापा, त्रिशूली अस्पताल नुवाकोटको अध्यक्षमा उपेन्द्र बुढाथोकी, बकुलर रत्ननगर अस्पताल चितवनको अध्यक्षमा गोपाल कर्माचार्य, पशुपति चौलागाई स्मृति अस्पताल दोलखाको अध्यक्षमा सुवास रिमाल, रामेछाप अस्पताल रामेछापको अध्यक्षमा यामकुमार पाखिन र मेथिनकोट अस्पताल काभ्रेपलाञ्चोकको अध्यक्षमा विष्णुप्रसाद त्वनाललाई नियुक्त गरेको हो ।
यसैगरी, ललितपुरको अस्पताल व्यवस्थापन समिति अध्यक्षमा रामहरि घिमिरे, धादिङ अस्पताल धादिङको अध्यक्षमा राधिका सापकोटा, टोखा चण्डेश्वरी अस्पताल काठमाडौंको अध्यक्षमा प्रकाश खड्गी, चौतारा अस्पताल सिन्धुपाल्चोकको अध्यक्षमा केशबराज गिरी र रसुवा अस्पताल रसुवाको अध्यक्षमा निबेस श्रेष्ठ नियुक्त भएका छन् ।
यस्तै, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटको व्यवस्थापन समिति अध्यक्षमा शिवकुमार चित्रकारलाई नियुक्त गरिएको छ ।