जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

तु खबर संवाददाता
२०८१ पुष १४,आईतवार १६:४५
सांकेतिक तस्बिर

काठमाडौं । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा शनिबार दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा दैलेखको नारायण नगरपालिका–६ घर भई काठमाडौं महानगरपालिका–३० रूद्रमार्ग बस्ने २ जना १८ वर्षीय किशोरहरू रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उनीहरूले ती किशोरीलाई घुम्न जाने भनी ललाईफकाई आफ्नो कोठामा लगेर मंगलबार राति जबरजस्ती करणी गरेको खुल्न आएको छ ।

उनीहरुलाई आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।