भरूवा बन्दुकसहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०८१ पुष १६,मंगलवार ११:३४
सांकेतिक तस्बिर

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–६ चारली चोकबाट एकनाले भरूवा बन्दुक १ थान, बारूद करिब ५० ग्राम र छर्रा बेरिङ ४७ पिससहित प्रहरीले गएराति दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा हरिवन नगरपालिका–११ भेषराज टोल बस्ने ३४ वर्षीय जितेन्द्र कुमार घिसिङ र बागमती नगरपालिका–२ बस्ने ३५ वर्षीय रत्नलाल जिम्बा रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट घर्कौलीबाट खटिएको प्रहरीले घर्कौलीबाट ढुङग्रेखोलातर्फ जाँदै गरेको बा.२३ प ८८९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त हातहतियारसहित पक्राउ गरेको हो ।

उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।