देशभर ५५ वटा विमानस्थल

काठमाडौं । नेपालमा ५५ वटा विमानस्थल रहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार देशभरका १५ वटा पूर्णरुपमा बन्द, १६ वटा आंशिक सञ्चालन र २४ वटा मात्रै पूर्णरुपमा सञ्चालनमा रहेका छन् ।
साथै एउटा आन्तरिक विमानस्थल भने लामो समयदेखि निर्माणाधीन अवस्थामा छ । केही विमानस्थल अझै अध्ययनको क्रममा रहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित संचालनमा रहेको छन् ।य
सैगरी, नेपालगञ्ज, धनगढी, सुर्खेत, भरतपुर, जनकपुर, सिमरा, राजविराज, विराटनगर, चन्द्रगढी, भद्रपुर, लुक्ला, जोमसोम, सिमिकोट, तुम्लिङटार, जुम्ला, डोल्पा, रामेछाप, फाप्लु, रारा, रुकुम सल्ले विमानस्थल नियमित संचालन भइरहेको ड्डयन प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
यसैगरी, बाजुरा, भोजपुर, रुम्झाटार, ताप्लेजुङ, खानीडाँडा, साँफेबगर, दाङ, थामखर्क, बझाङ, डोटी, इलाम, बैतडी, टिकापुर र गुल्मी विमानस्थल भने आंशिक रुपमा संचालन भइरहेको छ ।
साना विमान सञ्चालनका लागि पर्याप्त पूर्वाधार भए पनि यात्रु अभावले यी विमानस्थलमा नियमित उडान हुन सकेको छैन । टिकापुर र कमलबजारमा भने भर्खरै मात्रै परीक्षण उडान सम्पन्न भएपनि नियमित उडान भएको छैन ।
१५ वटा विमानस्थल भने पूर्ण रूपमा बन्द रहेको जनाइएको छ । जसमा दार्चुला, मेहन्द्रनगर, कालिकोट, मसिनेचौर, चौरजहारी, रोल्पा, ढोरपाटन, मनाङ, पालुङटार, मेघौली, जिरी, खिजी चिण्डेश्वरी, स्याङबोचे र खानीडाँडा विमानस्थल रहेका छन् ।
अर्घाखाँची विमानस्थल भने लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको जनाइएको छ ।