नेपाली कांग्रेसको उद्योग विभागमा १० सदस्य मनोनीत

तु खबर संवाददाता
२०८१ पुष १६,मंगलवार १६:२३

काठमाडौं । नेपाली काँग्रेसका उद्योग तथा व्यापार विभागमा १० सदस्य मनोनीत भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार पार्टीको उक्त विभागमा सदस्य थपेका हुन् ।

सभापति देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ प्रमुख रहेको उक्त विभागमा सदस्य थपेका हुन् ।

मनोनित हुने सदस्यहरुमा क्रमशः खगेश्वर बोहरा (कञ्चनपुर), मीनबहादुर भण्डारी (जुम्ला), ध्रुब खड्का (काठमाडौं), जमसेरअलि मियाँ (कपिलवस्तु), सीताराम परियार (काभ्रेपलाञ्चोक), शम्भुहरि बाँस्तोला (सोलुखुम्बु), सञ्जीव घिमिरे (झापा), जुनु गुरुङ (लमजुङ), विजयकुमार सिंह (रौतहट) र राजीव श्रेष्ठ (काठमाडौं) रहेका छन् ।