सिन्धुपाल्चोकमा भूकम्प गयो

तु खबर संवाददाता
२०८१ पुष १८,बिहीबार १७:१४

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा आज दिउँसो भूकम्प गएको छ । जिल्लाको माझीटार क्षेत्रलाई केन्द्रबिन्दु बनाएर दिउँसो ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

उक्त केन्द्रका अनुसार स्थानीय समय अनुसार दिउँसो १ बजेर २ मिनेटमा भूकम्पको धक्का गएको हो । केन्द्रका विज्ञहरूले यो भूकम्पलाई सानो भूकम्प मानिए पनि यसको धक्का आसपासका क्षेत्रमा समेत भएको थियो ।

भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको जनाइएको छ ।

विशेषज्ञहरूले देशका भूकम्प प्रभावित क्षेत्रहरूमा सतर्क रहन र भूकम्पबाट सुरक्षित रहने उपायहरूको पालना गर्न नागरिकलाई आग्रह समेत गरेको छ ।

पछिल्लो समयमा देशको विभिन्न जिल्लालाई केन्द्रविन्दु बनाएको पराकम्प गइरहेको छ ।