प्याव्सन मकवानपुरमा पुनः विनोद सुवेदी

तु खबर संवाददाता
२०८१ पुष २०,शनिबार ०९:२५

मकवानपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) मकवानपुरको अध्यक्षमा पुनः विनोद सुवेदी सर्वसम्मत चयन भएका छन् ।

शुक्रबार हेटौंडामा भएको प्याव्सन मकवानपुरको २० औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनबाट सुवेदीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा राजकुमार नहर्की, उपाध्यक्षमा नविन केसी र लक्ष्मी श्रेष्ठ, सचिवमा विष्णुहरि सुवेदी, कोषाध्यक्षमा उपेन्द्र सुवेदी, सहसचिवमा रामबाबु सापकोटा, सह–कोषाध्यक्षमा भरत सापकोटा चयन भएका छन् ।

यसैगरी, सदस्यहरुमा क्रमशः रमिता पाण्डे, गीता आचार्य र रिना आचार्य रहेका छन् ।

साधारणसभा प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीको अध्यक्षता तथा प्याव्सन केन्द्रीय अध्यक्ष डीके ढुंगानाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

सो क्रममा प्याव्सनले समृद्ध समाज दैनिककी जमुना थिङ, कान्तिपुर दैनिकका संवाददाता सुवास बिडारी, कान्तिपुर टेलिभिजनका संवाददाता बालकृष्ण अधिकारीलाई जनही ५ हजार रुपैयाँसहित सम्मानत गरेको थियो ।

यस्तै, साधारणसभाकै अवसरमा प्याव्सन मकवानपुरले संस्थापक अध्यक्ष ऋषिराम आचार्य, पूर्व अध्यक्षहरु आशिष श्रेष्ठ, मदन दहाल र अनिल पाण्डे, शिक्षकहरु क्रमशः अरविन्द कुमार झा, उमा मगर, सञ्जिव ठाकुरलाई पनि सम्मान गरेको थियो ।