विषादी संघ मकवानपुरमा पुनः ठकुरी

तु खबर संवाददाता
२०८१ पुष २१,आईतवार ०८:२३

हेटौंडा । विषादी व्यवसायी संघ नेपाल मकवानपुर शाखाको अध्यक्षमा पुनः सुबास मल्ल ठकुरी चयन भएको छ । संस्थानको वार्षिक साधारणसभा तथा अधिवेशनबाट पुनः ठकुरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

संघको उपाध्यक्षमा निराजन बर्तौला, सचिवमा नेत्र ढुङ्गेल र कोषाध्यक्षमा कुशराज अधिकारी चयन भएका छन् ।

यसैगरी, सदस्यहरुमा क्रमशः राधाकृष्ण श्रेष्ठ, विश्वराज अधिकारी, सुरेन्द्र न्यौपाने, तुलसीप्रसाद घिमिरे र शशिधर सुबेदी चयन भएका छन् ।
संघका अध्यक्ष सुबास मल्ल ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष छोटेलाल साहको प्रमुख आतिथ्यता रहेको थियो ।

सहभागीहरूले विषादी व्यवसायलाई व्यवस्थित, सुरक्षित र दिगो बनाउनका लागि विभिन्न सुझाव र योजनाहरू प्रस्तुत गरेका थिए ।