क्रियाशिल कृषि सहकारी संस्थाको साधारणसभा सम्पन्न

तु खबर संवाददाता
२०८१ पुष २१,आईतवार ०८:५४

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३, बसामाडीमा रहेको क्रियाशिल कृषि सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीको १० औं साधारणसभा शनिबार चक्रदेवी सामुदायिक बन उपभोक्ता समितीको सभाहलमा सम्पन्न भएको हो ।

कार्यक्रम हेटौंडा–११ नम्बर वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता एवम् संस्थाका अध्यक्ष सरोज ढुङ्गनाको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

सभामा संस्थाका अध्यक्ष सरोज ढुंगाना, सचिव सन्जु थापा र कोषाध्यक्ष हरिबहादुर कार्कीले सांगठनिक तथा आर्थिक विवरण प्रस्तुत गरेका थिए ।

सो अवसरमा संस्थाले नियमित उत्कृष्ट बचत तथा कारोबार गर्ने शेयर सदस्य भगवान तिमल्सिनालाई सम्मान गरेको थियो ।

कृषकहरुलाई कृषिसँग सम्बन्धित अनुदान दिँदै आएको यस संस्थाले आवश्यक अनुसार बीउ बिजन, विषादी छर्ने सामाग्री, माटो परीक्षण सेवा, टनेलहरु, विभिन्न समयमा कृषकलाई कृषि बाली सम्बन्धित सचेतना कार्यक्रमहरु समेत उपलब्ध गराउँदै आइरहेको जनाइएको छ ।

कार्यक्रममा टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–३ अध्यक्ष रोशन गोले तामाङ, चक्रदेवि सामुदायिक वन उपभोक्ता समुह अध्यक्ष सुदिप कार्की, जनहित दुग्ध सहकारी संस्था लिमिटेड व्यवस्थापक प्रल्हाद बर्तौला र तल्लोताल जल तथा सिचाइ उपभोक्ता समिति अध्यक्ष बच्चुराम कालाखेती लगायतको उपस्थिति थियो ।