बागमती प्रदेश प्रमुख देवकोटासमक्ष वार्षिक प्रतिवेदन पेश

तु खबर संवाददाता
२०८१ पुष २१,आईतवार १०:३१

मकवानपुर । बागमती प्रदेश प्रमुख दिपकप्रसाद देवकोटासमक्ष दलित आयोगले आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।

प्रदेश प्रमुख देवकोटालाई शनिबार बिहान एक कार्यक्रमबीच दलित आयोगका प्रवक्ता सुन्दर फुर्कुटीले सो आयोगको तर्फबाट वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

उनले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेशन पेश गरेक हुन् ।

उनले पहिलो वार्षिक प्रतिवेदन २०७८ कात्तिक ११ गते, दोस्रो २०७९ मंसिर २५ गते, तेस्रो २०८० फागुन २३ गते पेश गरेको स्मरण गराउँदै आज चाथौ वार्षिक प्रतिवेदन पेश गरेको जानकारी दिए ।

हेर्नुहोस् वार्षिक प्रतिवेदन ।