मकवानपुरमा डेंगु सक्रमितको संख्या २५ सयको हाराहारीमा पुग्यो

तु खबर संवाददाता
२०८१ पुष २२,सोमबार १६:१०
file-photo

मकवानपुर । मकवानपुर जिल्लामा डेंगु संक्रमितको संख्या झण्डै २५ सयको हाराहारीमा पुगेको छ ।

जिल्लाको १० स्थानीय तहमा गरी डेंगु संक्रमितको कुल संख्या २ हजार ४ सय ९३ पुगेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

जनस्वास्थ्य कार्यालयका अनुसार, डेंगु संक्रमण पुष्टि हुनेमा १ हजार २ सय २ जना महिला र १ हजार २ सय ९१ जना पुरुष रहेका छन् । यो संख्या गत साउन महिनादेखि आजसम्मको हो ।

जिल्लाको हेटौंडा उपमहानगरपालिकामा १ हजार ९ सय ६२ जना, थाहा नगरपालिकामा ११ जना, मकवानपुरगढी गाउँपालिकामा ५६ जना, बागमती गाउँपालिकामा ६ जना, कैलाश गाउँपालिकामा १० जना र मनहरी गाउँपालिकामा २ सय ७५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

यसैगरी, भीमफेदी गाउँपालिकामा ४२ जना, बकैया गाउँपालिकामा २७ जना, राक्सिराङ गाउँपालिकामा ९ जना, हाल ठेगाना नखुलेका ४२ जना र अन्य जिल्लाका ४८ जनामा डेंगु संक्रमण पुष्टि भएको जनाइएको छ ।

जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने हालसम्म डेंगु संक्रमितका बिरामी नभेटिएको स्वास्थ्य कार्यालय जनाएको छ ।

यस्तै, जिल्लामा सोही अवधिमा ४ सय ६९ जना स्क्रब टाइफसका बिरामी भेटिएको छ । जिल्लामा स्क्रब टाएफसका बिरामी १ सय ५६ पुरुष र ३ सय १८ महिला गरी ४ सय ६९ जना पुगेको छ ।