सोमबार सेयर बजार उच्च अंकले बढ्यो
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार सेयर बजार उच्च अंकले बढेको छ ।
अघिल्लो दिनको तुलनामा यसदिन नेप्से परिसूचक ४९ दशमलव १२ अंक बढेसँगै २६४० अंकमा पुगेको छ ।
आज परिसूचकसँगै कारोबार रकम बढेको छ । यसदिन ६ अर्ब ३० करोडको शेयर कारोबार भएको छ ।
यसअघि अघिल्लो दिन ४ अर्ब ८६ करोडको कारोबार भएको थियो । २२६ कम्पनीको मूल्य बढ्दा १२ को घट्यो भने ४ को स्थिर रहेको छ ।