हेटौंडा–१० र ११ मा कानुनी शिक्षा अनुशिक्षण कार्यक्रम

तु खबर संवाददाता
२०८१ पुष २२,सोमबार १७:०८

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० र ११ मा एक दिने समुदाय स्तरीय कानुनी शिक्षा अनुशिक्षण कार्यक्रम संचालन गरिएको छ ।

टोल विकास संस्था नगर समन्वय समिती, हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–१० र ११ नं वडामा गठित टोल विकास संस्थाका पदाधिकारी एवम् सदस्यहरूको लागि उक्त कार्यक्रमको आयोजना गरेको हो ।

हेटौंडा उपमहानगरपालिका न्यायिक समितीको सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रम नगर समन्वय समितीका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको आतिथ्यतामा भएको हो ।

कार्यक्रममा न्यायिक समितिका सदस्य एवम् नगर समन्वय समितीका सल्लाहकार ज्ञानबहादुर थापा, न्यायिक समितिका सदस्य सन्तुमाया पाख्रीन, टोल विकास संस्था नगर समन्वय समितिका महासचिव शिबहरि दाहाल, उपमहासचिव देबकुमार श्रेष्ठ, मेलमिलाप केन्द्रका संयोजक यदुवंश खतिवडा, ११ नं वडाका मेलमिलाप संयोजक सर्मिला अधिकारी, वडा समन्वय समितीका अध्यक्ष यज्ञ आचार्य लगायतको सहभागिता रहेको थियो ।

सो कार्यक्रमलाई हेटौंडा उपमहानगरपालिकाका कानुनी अधिकृत सुजन तिमल्सिना, सरस्वती धिमाल, अधिवक्ता अप्सरा बस्नेतले सहजीकरण गरेका थिए । कार्यक्रममा हेटौंडा १० र ११ नं वडाका ६५ जनाको सहभागीता रहेको थियो ।

उक्त कार्यक्रम नगर भरीका सबै वडाहरूमा संचालन गरिने नगर समन्वय समितीका अध्यक्ष अधिकारीले बताए ।