जेसीबीको ठक्करबाट बालिकाको मृत्यु

तु खबर संवाददाता
२०८१ पुष २६,शुक्रबार १५:५९

काठमाडौं । काठमाडौंको नागार्जुन नगरापलिकाल–६ स्थित ह्वाईट गुम्बा नजिकै सडकमा जेसीबीको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

शुक्रबार बा २ क ६०८८ नम्बरको जेसीबीले ठक्कर दिँदा ११ वर्षीया बालिकाको मृत्यु भएको हो । जेसीबीको ठक्करबाट नागर्जुन नगरपालिका–५ बस्ने पञ्च कुमारी तामाङकी छोरी अनुशाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, जेसीबीको ठक्करबाट गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीले जेसीबी चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।